PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गायक हनी सिंहसँग श्रीमती शालिनी तलवारले मागिन् १० करोड क्षतिपूर्ति



गायक हनी सिंहसँग श्रीमती शालिनी तलवारले मागिन् १० करोड क्षतिपूर्ति
Photo: indiatimes.com

शालिनी तलवारले आफ्ना श्रीमान गायक हनी सिंहबाट १० करोड क्षतिपूर्तिको माग गरेकी छिन्। अगस्ट ३ मा शालिनीले सिंहविरुद्ध दिल्लीको तीस हजारी अदालतमा घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा मुद्दा दायर गराएकी हुन्।

शालिनीले श्रीमान हनी सिंह र उनका परिवारले आफूमाथि शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको समेत आरोप लगाएकी छिन्। साथै, आफूलाई जनावर सहर क्रुर व्यवहार गरेको उनको तर्क छ।

सिंहलाई यस विषयमा २८ अगस्टमा उपस्थित भएर अदालतमा जवाफ दिन नोटिस जारी गरेको छ। साथै, हनी सिंहको श्रीमतीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखन गर्न रोक लगाइएको छ।

हनी सिंह र शालिनी तलवारले प्रेमविवाह गरेका थिए। २० वर्षको मित्रता र प्रेम सम्बन्धलाई सन् २०११ मा उनीहरुले विवाहमा परिणत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell