PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रधानमन्त्री देउवा र जर्मन राजदूतबीच भेट, कोभिड-१९ विरुद्ध लड्न सहयोग गर्ने प्रतिवद्धता



प्रधानमन्त्री देउवा र जर्मन राजदूतबीच भेट, कोभिड-१९ विरुद्ध लड्न सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र जर्मनीका राजदूत रोनाल्ड साफरबीच शिष्टाचार भेट भएको छ। राजदूत साफरले बिहीवार बालुवाटार पुगेर परराष्ट्रमन्त्री समेत रहेका प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।

भेटका क्रममा राजदूत साफरले कोभिड-१९ विरुद्ध लड्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सो क्रममा द्विपक्षीय व्यापार, लगानी तथा साँस्कृतिक साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell