PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मन्त्री थापाको लाइसेन्स नविकरण गरेर यातायात व्यवस्था कार्यालय सुर्खेतमा शुरु गरियो अनलाइन सेवा



मन्त्री थापाको लाइसेन्स नविकरण गरेर यातायात व्यवस्था कार्यालय सुर्खेतमा शुरु गरियो अनलाइन सेवा

सुर्खेत : यातायात व्यवस्था कार्यालय सुर्खेतबाट अनलाइन सेवा शुरु गरिएको छ। सेवाग्राहीले सास्ती व्यहोर्ने यातायात कार्यालयमा बिहीवारदेखि विद्युतिय सवारी दर्ता प्रणाली (इभीआरएस) सेवा शुरु गरिएको हो।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापाले उक्त अनलाइन सेवाको उद्घाटन गरेका हुन्। सेवा उद्घाटन गरेलगत्तै मन्त्री थापाको लाइसेन्स नविकरण समेत गरिएको थियो।

अबदेखि सेवाग्राहीले नामसारी, दर्ता, नविकरण, रुट परमिट जस्ता सेवाको आवश्यक कागजपत्रको लागि घरबाटै अनलाइन फाराम भर्न सक्ने छन्। कार्यालयमा फोटो खिच्न र फिङ्गर प्रिन्ट गर्न मात्रै आउनुपर्ने छ। बाँकी काम अनलाइनबाटै गर्न सकिने यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त प्रमुख आनन्द चपाईले जानकारी दिए।

अनलाइन सेवाले कार्यालयमा भिडभाड कम हुने र काम छिटो छरितो हुने उनको भनाइ छ। त्यत्तिमात्रै नभई यसअघि हस्तलिखित कागजात समेत ढड्डामा रहेका कारण खोज्नै झन्झट, कहिले नभेटिने, च्यातिने जस्तो समस्या समेत हट्ने विश्वास गरिएको छ।

त्यस्तै, मन्त्री थापाले भ्रष्टाचारको आरोप खेप्ने यातायात कार्यालयमा अब कमी आउने र सेवाग्राहीलाई सजिलो हुने बताए। डिजिटल कर्णाली बनाउने अभियानको एक खुट्किलो भएको भन्दै यातायातको सबै काम अनलाइन प्रणालीमार्फत बनाउन प्रदेश सरकारले पहल गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell