PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संयुक्त सरकारलाई कसरी संचालन गर्ने ? कार्यदलले बुझाएको प्राथमिकतामा छन् यी विषय



संयुक्त सरकारलाई कसरी संचालन गर्ने ? कार्यदलले बुझाएको प्राथमिकतामा छन् यी विषय

काठमाडौं : सत्तारुढ दलहरुको कार्यदलले संयुक्त सरकारको सत्ता संचालनका लागि न्युनतम साझा कार्यक्रम तय गर्दै तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

शुक्रवार बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयन, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति प्रक्रियाको पूर्णता, सामाजिक रुपान्तरण, राहत, पुनर्निमाण र पुनर्स्थापना, पर्यावरणीय सन्तुलन, सामाजिक रुपान्तरण लगायतका विषयलाई संयुक्त सरकारको मुख्य प्राथमिकताका रुपमा प्रस्तुत गरिएको छ।

प्रतिवेदन अध्ययनपछि शीर्ष नेताहरुले सार्वजनिक गर्ने कार्यदलका सदस्यसचिव केशवप्रसाद जोशीले बताए। १८ पृष्ठको लामो प्रतिवेदनमा सरकार सञ्चालनका मापदण्ड, मन्त्रीहरुको आचारसंहितासमेत उल्लेख गरिएको जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell