PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न प्रस्ताव



फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न प्रस्ताव

काठमाडौं : कोभिड १९ का कारण सङ्कटग्रस्त फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न सत्तारुढ दलको गठबन्धनले प्रस्ताव गरेको छ।

सत्तारुढ दलहरुको कार्यदलले संयुक्त सरकारको सत्ता संचालनका न्युनतम साझा कार्यक्रम तयार पारेको थियो। सोही तयार पारिएको प्रतिवेदनलाई आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

जसमा कोरोना महामारीले प्रभावित पारेका क्षेत्रहरुलाई मुख्य प्राथमिकतामा राखिएको छ। प्रतिवेदनमा सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरू तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि बिशेष आर्थिक प्याकेजको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनको संयुक्त दलको प्राथमिकता शीर्षकको आठ नम्बर बुँदामा लेखिएको छ, 'कोभिडका कारण सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरू तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि बिशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने।

कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि फिल्म क्षेत्र नराम्ररी थला परेको छ। फिल्म हलहरु खुल्न नसक्दा कतिपय फिल्महलहरु बन्द समेत भइसकेका छन्। साथै रिलिज हुन तयार भएका फिल्म पनि होल्डमै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell