PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

उपत्यकामा थपिए ७०१ संक्रमित : काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जनामा संक्रमण पुष्टि



उपत्यकामा थपिए ७०१ संक्रमित : काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। १५ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा ३ हजार ७ सय २९ जनामा संक्रमण भेटिएको हो।

पीसीआर विधिबाट ९ हजार ४ सय ९३ जनाको परीक्षण गरिएको थियो। जसमा २ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, ६ हजार १ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा देशभरबाट १ हजार ८ सय ८५ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा संक्रमित भएका २५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ७ सय १ जना रहेका छन्। जसमध्ये भक्तपुरमा ८३ जना, काठमाडौंमा ४ सय ७१ जना र ललितपुरमा १ सय ४७ जना संक्रमित पहिचान भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell