PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, थपिए ३७२९ संक्रमित



कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, थपिए ३७२९ संक्रमित

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २५ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या १० हजार १९ पुगेको हो।

यस्तै, थप ३ हजार ७२९ जना संक्रमित थपिएका छन्। ६ हजार १८२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २९९ जना र ९ हजार ४९३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण देखिएको हो।

१ हजार ८८५ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ९४२ पुगेको छ।

संक्रमितहरु मध्ये १५८ जनाको भेन्टिलेटरमा र ७३२ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell