PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

देशभर थप ३ हजार २१८ जनामा संक्रमण, उपत्यकामा ९१० जना संक्रमित पहिचान



देशभर थप ३ हजार २१८ जनामा संक्रमण, उपत्यकामा ९१० जना संक्रमित पहिचान

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २ सय १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। १३ हजार ५ सय ७३ जनाको परीक्षण गर्दा ३ हजार २ सय १८ जनामा संक्रमण भेटिएको हो।

पीसीआर विधिबाट ८ हजार ८ सय ६६ जनाको परीक्षण गरिएको थियो। जसमा २ हजार २ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, ४ हजार ७ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा देशभरबाट १ हजार ७ सय २२ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा संक्रमित भएका १९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ९ सय १० जना रहेका छन्। जसमध्ये भक्तपुरमा १ सय २८ जना, काठमाडौंमा ५ सय ९३ जना र ललितपुरमा १ सय ८९ जना संक्रमित पहिचान भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell