PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा साउन २५ देखि अस्ट्राजेनिका खोप



कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा साउन २५ देखि अस्ट्राजेनिका खोप

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले साउन २५ गते देखि सबै प्रदेशमा अस्ट्राजेनिका खोप अभियान सञ्चालन गर्न आग्रह गरेको छ। महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय, सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र सबै स्वास्थ्य कार्यालयहरुलाई खोप अभियान सञ्चालन गर्न आग्रह गरेको हो।

भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधा मार्फत अनुदान स्वरुप प्राप्त क्रमश २ लाख ३० हजार र १६ लाख मात्रा अस्ट्राजेनिका खोप प्रयोग गर्न भनिएको छ। महाशाखाले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सो भन्दा माथिका तथा अन्य सहित करिब १४ लाख व्यक्तिहरूलाई सो खोपको दोस्रो मात्रा दिने गरी साउन २५ गतेदेखि सबै प्रदेशमा क्रमशः खोप अभियान सञ्चालन गर्न भनेको हो।

‘कोभिशिल्ड खोप पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका व्यक्तिहरूलाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिई बाँकी रहेको उक्त खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति तथा मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका विरामी लगायतका व्यक्तिहरूलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप उपलब्ध भएसम्म संस्थागत निर्णय गरी प्रदान गर्ने,’ महाशाखाले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell