PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

महाराष्ट्रको बाढी प्रभावित क्षेत्रमा सलमान खानको सहयोग



महाराष्ट्रको बाढी प्रभावित क्षेत्रमा सलमान खानको सहयोग
Photo : India Forum

भारतको महाराष्ट्रमा निरन्तर वर्षाका कारण गएको बाढी पहिरोले धेरै सहर र गाउँ डुबानमा परेका छन्। सरकारले बाढी प्रभावितहरुलाई सुरक्षति स्थानमा बस्न आग्रह गरिरहेको छ। सरकारले प्रभावितहरुलाई सक्दो सहयोग गरिरहेको समेत बताएको छ।

यसैबिच बलिउड कलाकारहरु पनि बाढी पहिरो प्रभावितहरुलाई सहयोग गर्न अघि सर्न थालेका छन्।

अभिनेता सलमान खानले महाराष्ट्रका बाढी प्रभावित क्षेत्रमा खाद्यान्न सामाग्री सहयोग गरेका छन्।

उनका साथमा युवा सेना नेता राहुल एन कनल समेत सहभागी भएका छन्। सलमान र राहुलले मिलेर खाद्यान्नका साथै ५० हजार पानीको बोटल, ५ हजार सेनेटरी नैपकिन र ५० हजार बिस्कुट सामाग्री समेत बाढी प्रभावितलाई सहयोग गरेका छन्।

साथै, सलमान र राहुलले मिलेर प्रभावित क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न दीर्घकालिन योजना समेत बनाउने पहल गरेका छन्।

२२ जुलाईदेखि परेको मुसलधारे वर्षाका कारण महाराष्ट्रको कोकण तथा पश्चिम महाराष्ट्रका आठ जिल्ला निकै प्रभावित छन्। बाढीपहिरोका कारण २२५ जनाले ज्यान गुमाउनुका साथै करोडौको क्षति समेत भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell