PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

जमिनमा व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : गौतम



जमिनमा व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : गौतम

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमा व्यक्तिगत स्वामित्व कायम हुँदासम्म सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा गौतमले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बतएका हुन्।

विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना बनाए पनि त्यो सफल नभए बताए।

'जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्', उनले भने, 'त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell