PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

जापानबाट आयो थप तीन लाख अस्ट्राजेनेका खोप



जापानबाट आयो थप तीन लाख अस्ट्राजेनेका खोप

काठमाडौं : जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप  आइपुगेको छ।

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो। जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो। बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ।

यसअघि शुक्रबार भुटानबाट  दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो।

साउन २५ गते देखि सबै प्रदेशमा अस्ट्राजेनिका खोप अभियान संचालन गरिनेछ। भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधा मार्फत अनुदान स्वरुप प्राप्त अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सो भन्दा माथिलाई दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell