PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप



कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपाल चलचित्र कलाकार संघले कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन गरेको छ। आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कलाकारहरुलाई कोभिड १९ विरुद्धको खोप लगाइएको हो।

कोरोना विरुद्धको खोप लगाउन फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। अभिनेता पल शाहले पनि कोभिडविरुद्धको खोप लगाएका छन्। उनका साथमा अभिनेता पुष्प खड्का र गायक दुर्गेश थापा समेत उपस्थित भएका थिए।

पेशागत संघ संस्थाबाट नामावली प्राप्त भएका चलचित्रकर्मीहरूलाई कोभिड विरूद्धको खोप प्रदान गरिदैछ।

चलचित्र क्षेत्रका संघसंस्था लगायत चलचित्र विकास बोर्डले पनि दुई महिनादेखि चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन सरकारसँग माग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell