PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सरकारले कोभिड-१९ विरुद्धको खोप उत्पादनका लागि नेपालमै ल्याब स्थापना गर्न पहल गर्ने



सरकारले कोभिड-१९ विरुद्धको खोप उत्पादनका लागि नेपालमै ल्याब स्थापना गर्न पहल गर्ने

काठमाडौं : सरकारले खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने भएको छ। आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो बताएको हो।

आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने बताइएको छ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता तथा आवश्यकतानुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराइने तथा अग्र स्थानमा रही सेवा प्रदान गर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइने न्यूनतम साझा कार्यक्रममा भनिएको छ।

‘कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने। कोभिड-१९ को सम्भावित तेस्रो लहरका सम्बन्धमा स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने, अक्सिजन र अन्य आवश्यक औषधिको आपूर्ति सुनिश्चित गर्ने तथा स्वास्थ्य संस्थाहरुको क्षमता अभिवद्धि गर्ने,’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति संस्था उपर कानुनी कारबाही गर्ने पनि उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell