PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

देउवा सरकारको ‘न्यूनतम साझा कार्यक्रम’मा रेल र पानीजहाज, सार्वजनिक यातायातलाई व्यवस्थित गरिने



देउवा सरकारको ‘न्यूनतम साझा कार्यक्रम’मा रेल र पानीजहाज, सार्वजनिक यातायातलाई व्यवस्थित गरिने
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली सरकारको रेल र पानीजहाजलाई निरन्तरता दिने खालको कार्यक्रम ल्याएको छ। आज ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गर्दै सरकारले यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, हवाई, रेल, पानीजहाज र केबुलकार सेवाको एकीकृत योजना तयार गरी सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गर्ने बताएको हो।

सरकारले पूर्व-पश्चिम लोकमार्ग चार लेन तथा काठमाडौं उपत्यकाको रिङरोड आठ लेनमा विस्तारको बाँकी काम यथाशीघ्र सम्पन्न गर्न प्राथमिकता दिने पनि बताएको छ। त्यस्तै, हुलाकी लगायतका पूर्व-पश्चिम लोकमार्गहरु र उत्तर-दक्षिणका करिडोर तथा व्यापारिक मार्गहरु प्राथमिकताका साथ निर्माण गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ।

न्यूनतम साझा कार्यक्रममा भनिएको छ, ‘भौतिक पूर्वाधारको दिगो एवं गुणस्तरीय विकास निर्माण गर्ने, पूर्वाधार निर्माणमा ढिलासुस्तीलाई अन्त्य गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने व्यवस्था गर्ने।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell