PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपाल पक्षको आग्रहमा रोकिएको एमाले स्थायी कमिटी बैठक बस्दै



नेपाल पक्षको आग्रहमा रोकिएको एमाले स्थायी कमिटी बैठक बस्दै
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो।

लगत्तै ३ बजे केन्द्रीय कमिटी बैठकसमेत बस्दैछ। यसअघि आइतवारका लागि तय गरिएको बैठक वरिष्ठ नेता माधव नेपाल पक्षको आग्रहमा आजका लागि सारिएको हो।

विधान संशोधन प्रस्ताव लगायतका संगठनात्मक कामका विषयलाई बैठकको एजेन्डा बनाइएको छ। एमालेले जारी विवाद समाधानका लागि प्रयास पनि जारी राखेको छ। यद्यपि विवाद मिलाउनका लागि दोस्रो तहका नेता सक्रिय भए पनि ठोस प्रगति भने भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell