PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'मिस नेपाल नर्थ अमेरिका २०२१' को ताज गरिमा ज्ञवालीलाई



'मिस नेपाल नर्थ अमेरिका २०२१' को ताज गरिमा ज्ञवालीलाई

काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका २०२१' को उपाधि गरिमा ज्ञवालीले जितेकी छिन्। न्यूयोर्कस्थित टिबेटन कम्युनिटीमा भएको फिनालेमा ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका-२०२१' को ताज लगाएकी हुन्।

त्यसैगरि फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला भएकी थिइन्। प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य तथा क्यानडामा बस्ने नेपाली युवतीहरु सहभागी भएका थिए।

गत वर्ष २०२० मा हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell