PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'ट्रेन्डिङ वान' मा प्रकाशको 'कुरा बुझ्न पर्च', गीतबाट युवतीहरुको दृष्टिकोण बुझाउने प्रयास



'ट्रेन्डिङ वान' मा प्रकाशको 'कुरा बुझ्न पर्च', गीतबाट युवतीहरुको दृष्टिकोण बुझाउने प्रयास

काठमाडौं : तीन वर्षअघि गायक प्रकाश सपूतले 'बोल माया' गीत ल्याएका थिए। जुन गीत सार्वजनिक भएसँगै प्रकाशले फर्केर हेर्नु परेन। उनको बोल माया, गलबन्दी, बदला बरिलै, फुटेका चुरा र 'मेरो पनि होइन र? यो देश'  ले निकै चर्चा पाउन सफल भए।

फरक फरक जनराका गीत ल्याउन मन पराउने प्रकाशका गीतहरुले गम्भीर विषयवस्तु र मुद्दालाई उठान गरेको पाइन्छ। जुन उनको गीतहरुमा पाइने समानता हो।

दर्शकहरुलाई प्रकाशको भावुक बनाउने गीतले आर्कषित गर्छ। त्यसैले त उनीमाथि आरोप पनि लाग्छ,'जीवनको रंग आँशु मात्रै हो त प्रकाश ? सधै आँशु देखाईरहने? आँशु बेचिरहने? गम्भीर भईरहने?'। सामाजिक संजालमा यस्तै प्रश्नहरुको ओइरो लाग्छ।

त्यहि सोच र आरोपलाई चिर्न प्रकाशले तीज गीत 'कुरा बुझ्न पर्च' ल्याएका छन्। तीजको अवसरमा महिलाहरुको भावनालाई समेट्दै गम्भीर विषयलाई पनि रमाइलो तरिकाले गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् प्रकाशले। जुन गीत अहिले युट्युवको 'ट्रेन्डिङ वान' मा छ।

प्रकाशकै शब्द, संगीत रहेको यो गीतमा शान्ती श्री परियार र समीक्षा अधिकारीले स्वर भरेका छन्। साथै गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन्।

यो गीत सार्वजनिक भएसँगै आएको सकरात्मक प्रतिक्रियाले खुसी छन् प्रकाश। अहिलेका युवतीहरुले आफ्नो जीवन र 'करियर'को बारेमा के सोच्छन् भन्ने कुरालाई गीतमा विश्लेषण गर्ने प्रयास गरेको प्रकाशले बताए।

'मेरो दिदीबहिनी या छोरी यत्तिको आत्मविश्वासी भइदिए हुन्थ्यो। उनीहरुले पनि स्वतन्त्रता महसुस गर्न पाउँन्। जीवन र विवाहप्रति उनीहरुको यही खालको दृष्टकोण होस् भनेर गीत लेखेको हुँ। समग्रमा यो गीतमा वर्तमान युवतीहरुको दृष्टिकोण राख्न खोजिएको छ' उनले भने।

प्रकाशकै निर्देशनमा बनेको गीतको भिडियोको स्टोरी समेत प्रकाशले नै तयार पारेका हुन्। उनी पहिले देखि नै आफुले बनाउने गीतको भिडियोको स्टोरी आफै तयार पार्छन्। त्यसैले गीतमार्फत प्रकाशले राम्रो स्टोरी दिन्छ भन्ने छाप परेको उनको बुझाइ छ।

गायनसँगसँगै भिडियोको कथाको स्क्रिप्ट लेख्न निकै रुचि लाग्ने उनले बताए। पहिले देखि नै गीतहरुको भिडियोको कथा र निर्देशन आफै गर्ने भएर खासै गाह्रो नहुने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell