PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमालेमा अध्यक्ष र महासचिवमात्रै महाधिवेशनबाट निर्वाचित हुने ओलीको प्रस्ताव



एमालेमा अध्यक्ष र महासचिवमात्रै महाधिवेशनबाट निर्वाचित हुने ओलीको प्रस्ताव

काठमाडौं : नेकपा (एमाले)मा अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने प्रस्ताव गरिएको छ।

स्थायी कमिटीबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र बाँकी केन्द्रीय कमिटी र पदाधिकारी मनोनित हुने प्रस्ताव गरिएको हो। उक्त प्रस्तावलाई च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने तयारी छ।

विधान संशोधन गर्ने प्रस्ताव भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अनुपस्थितिमै अघि बढाइएको हो।

यसअघि एमालेमा अध्यक्ष र महासचिवसँगै केन्द्रीय सदस्यहरु पनि निर्वाचित हुने व्यवस्था रहेको थियो। माधव नेपाल समूह असन्तुष्ट भएपनि ओली समूहले एकलौटी रुपमा उक्त प्रस्तावलाई अघि बढाएको हो।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा अनुमोदन भएपछि कार्यान्वयनमा जाने बताए। नेपाल पक्षले भने सांगठनिक कुनै पनि गतिविधि नगर्ने ओलीलाई आग्रह गरेको थियो।

पार्टीको विवाद समाधानका लागि संवाद भइरहेकाले पार्टीका गतिविधि रोक्नुपर्ने नेपाल पक्षको माग थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell