
काठमाडौं : पाँच विद्यार्थी संघले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीलाई खोपको माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल स्नातक र स्नातकोत्तरको परीक्षा भइरहेको छ। संक्रमणको जोखिमबिच स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै परीक्षा संचालन भइरहेको भन्दै आलोचना भइरहेको छ। सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले समेत परीक्षाको विकल्प सोच्न माग गरिरहेको बेला विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा प्राथमिकतामा खोप उपलब्ध गराउन माग गरिएको हो।
उनीहरुले संक्रमणको जोखिमका कारण विद्यार्थीहरु परीक्षाका लागि मानसिक रुपमा तयार भएको भन्दै परीक्षा केन्द्रअरुको अवस्थाले विद्यार्थी थप तनावमा रहेको समेत उल्लेख गरेका छन्।
स्वास्थ्य मन्त्रालयले सबै परीक्षा रोक्न आग्रह गरेपनि त्रिभुवन विश्वविद्यालयले निर्धारित परीक्षा अहिले नै नरोकिने बताएको छ। शनिवार भने राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको थियो।