PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अन्तरार्ष्ट्रिय नेपाली आदिवासी पत्रकार मञ्च गठन



अन्तरार्ष्ट्रिय नेपाली आदिवासी पत्रकार मञ्च गठन

न्युयोर्क : अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली आदिवासी जनजाति पत्रकारहरुले अन्तर्राष्ट्रिय नेपाली आदिवासी पत्रकार मञ्च(फिनिज) गठन गरेका छन्।

विश्व आदिवासी दिवसको अवसर पारेर सोमवार अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा भएको आदिवासी जनजाति पत्रकारको भेलाले संस्थाको घोषणा गरेको हो। भेलाले फोनिजका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ। संस्थाले स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको प्रवर्द्धन गर्ने, अमेरिकामा कार्यरत नेपाली आदिवासी पत्रकारहरुको व्यवसायिक तथा पेशागत विकास गर्ने, अमेरिकामा रहेका नेपाली आदिवासी समुदाय र अन्य समुदायको सूचनाको हकको प्रवर्द्धन गर्ने, आदिवासी जनजाति समुदायको भाषा तथा संस्कृतिको पत्रकारितामार्फत उजागर गर्ने उदेश्य रहेको भेलापछि जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी नेपालमा आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजसँगको सहकार्यमा नेपाली आदिवासी जनजाति पत्रकारहरुको व्यवसायिक तथा पेशागत क्षमतको प्रवर्द्धन लगायतको उद्द्श्य राखेर संगठनको स्थापना भएको जनाएको छ। तदर्थ समितिले आगमी ६ महिनाभित्र संस्था दर्ता प्रक्रिया सम्पन्न गरेर अधिवेशन गरी नयाँ कार्यसमिति निर्माण गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell