PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ग्रीसमा डढेलो नियन्त्रण गर्न सरकार चुकेको भन्दै प्रधानमन्त्रीले मागे माफी



ग्रीसमा डढेलो नियन्त्रण गर्न सरकार चुकेको भन्दै प्रधानमन्त्रीले मागे माफी

ग्रीसका प्रधानमन्त्री काइरियाकोस मितसोतकिसले देशभर लागेको डढेलो नियन्त्रण गर्न सरकार चुकेकोमा माफी मागेका छन्।

'हामीले सक्दो प्रयास गरेका हौं। तर धेरै परिस्थितिमा अपुग भएको हुन सक्छ' उनले भन्।

हजारौंलाई विस्थापित गर्ने गरी लागेको डढेलो नियन्त्रण गर्न सयौं अग्नी नियन्त्रकहरु परिचालन भएका छन्। तर पनि आगो नियन्त्रणमा आउन सकेको छैन।

एक हप्तादेखि डढेलो लागि रहेको एथेन्सको इभिया टापुमा अहिले पनि आगो लागिरहेको छ। उक्त टापुमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ।

प्रधानमन्त्री मितसोतकिसले ग्रीसले अहिले ठूलो प्राकृति विपतको सामना गरिरहेको जलवायु परिवर्ताका कारण डढेलो 'उग्र' बन्दै गएको दाबी गरे।

डढेलो नियन्त्रणमा सरकार असफल भएको भन्दै मितसोतकिस सरकारको आलोचना हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell