PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

द्वन्द्व पीडितलाई न्याय माग्दै ओली : गोली लागेकाको गोली सरकारले ननिकाल्ने भए एमालेको पार्टी कार्यालयमा पठाउनुस्



द्वन्द्व पीडितलाई न्याय माग्दै ओली : गोली लागेकाको गोली सरकारले ननिकाल्ने भए एमालेको पार्टी कार्यालयमा पठाउनुस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन्।

शान्ति सम्झौतादेखि द्वन्द पीडितहरुको प्रसंग निकाल्दै ओलीले माओवादी समर्थित शेरबहादुर देउवासँग द्वन्द्व पीडितहरुलाई न्याय दिन माग गरे।

माओवादीले द्वन्द्व पीडितलाई न्याय नदिएको भाव व्यक्त गरेका ओलीले द्वन्द्वमा गोली लागेकाहरुको गोली निकालेर देखाउन सरकार समक्ष माग गरे।

'शरीरमा गोली भएकाहरुको निकाल्छु भन्नुस न। द्वन्द्व पीडितलाई न्याय दिनुस् न' ओलीले भने।

ओलीले सरकारले द्वन्द्व पीडितको गोली ननिकाल्ने भए थापाथलीमा रहेको आफ्नो पार्टी कार्यालयमा पठाउन समेत भने।

'सरकारले सक्दैन भने थापाथलीमा पार्टी कार्यालयमा पठाउनु हामी गोली निकाल्छौं। उपचार गराउँछौं' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell