PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

दोस्रो छोराको नामका कारण किन ट्रोल भए करीना-सैफ?



दोस्रो छोराको नामका कारण किन ट्रोल भए करीना-सैफ?
File Photo: hindustantimes.com

अभिनेत्री करीना कपूरले फेब्रुअरीमा दोस्रो छोरालाई जन्म दिइन्। मुख नदेखिएको फोटो हाल्दै छोराको नाम ‘जेह’ भनेर खुलाएकी थिइन्।

हालै करीना कपूरको पुस्तक ‘करीना कपुर खान - प्रेग्नेन्सी बाइबल’ सार्वजनिक भएको थियो। उनले इन्स्टाग्राममा एक कार्यक्रम गर्दै पुस्तक सार्वजनिक गरेकी थिइन्। ‘प्रेग्नेन्सी बाइबल’ उनले आफूले भोगेका गर्भावस्थाको शारीरिक तथा मानसिक अनुभवबारे भएको जानकारी दिएकी छिन्।

पाँच महिनाको गर्भावस्थाको समयमा आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङमा गएको कुरा समेत उनले उल्लेख गरेकी छिन्।

पुस्तकको अन्तिम पेजमा करिनाले आफ्ना दुवै छोराहरुको फोटोहरू पनि राखेकी छिन्। जे होस्, सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरहरु जस्तै कान्छो छोराको अनुहार भने फोटोहरूमा देखिएको छैन।

किताबमा कान्छो छोरा जेहको पुरा नाम खुलाइएको छ। जेहको पूरा नाम जहांगीर अली खान भनि उल्लेख गरिएको छ। जहांगीरको अर्थ हुन्छ दुनियामाथि राज गर्ने। जहांगीर फारसी भाषाको शब्द हो।

जेहको पूरा नाम सार्वजनिक भएसँगै उनीहरू सामाजिक सञ्जालमा आलोचित हुनुका साथै ट्रोलको सिकार समेत भइरहेका छन्

पहिलो छोराको नाम तमुर राख्ने बेला पनि उनीहरु विवादमा फसेका थिए। यसपटक पनि कान्छो छोराको नाम भारतमाथि राज गर्ने मुगल शासक जहांगीरको नाम राख्दा समेत उनीहरू विवादमा परेका छन्।

ट्विटरका एक प्रयोगकर्ताले लेखेका छन्, ‘करीना र शैफ मुगल शासकका टिम बनाउँन चाहन्छन् कि क्या हो। पहिलो तैमूर र दोस्रो जहांगीर। अब के होला?’

 

साथै, जहांगीरको आदेशमा सिख गुरु अर्जुनको हत्या गर्ने जहांगीरको नामबाट किन छोराको नाम राखेको भनी उनीहरुमाथि सामाजिक सञ्जाल प्रयोगकर्ता भड्किन थालेका छन्।

जहांगीरले भारतमा सन् १६०५ देखि १६२७ सम्म राज गरेका थिए। उनी अकबरका छोरा हुन्। साथै, आगरामा ऐतिहासिक ताजमहल जस्ता बनाउने शाहजंहाका वुवा समेत हुन्।

तर, कान्छो छोराका नामका विषयमा सैफ र करीनाले भने कुनै प्रतिक्रिया जनाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell