न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले राजीनामा दिएका छन्। ११ जना सहकर्मी महिलामाथि यौन दुर्व्यहारको आरोप लागेपछि उनले स्थानीय समयअनुसार मंगलवार राजीनामा दिएका हुन्।
कुमोमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि राष्ट्रपति जो बाइडेन र डेमोक्रेट्स पार्टीबाटै राजीनामाको लागि दबाव परेको थियो। यो सँगै अब न्युयोर्कमा क्याथी होचुलले अमेरिकी गभर्नरको नेतृत्व सम्हाल्नेछिन्। उनी न्युयोर्क राज्य सम्हाल्ने पहिलो महिला बन्दैछिन्।
I agree with Governor Cuomo's decision to step down. It is the right thing to do and in the best interest of New Yorkers.
— Kathy Hochul (@LtGovHochulNY) August 10, 2021
As someone who has served at all levels of government and is next in the line of succession, I am prepared to lead as New York State’s 57th Governor.
कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य वातावरणसमेत बनाएको रिपोर्ट बाहिरिएपछि उनको पद संकटमा परेको थियो। डेमोक्रेट पार्टीका तर्फबाट गभर्नर बनेका कुमोले भने आफूमाथिको आरोप अस्विकार गर्दै आएका छन्।
कुमोमाथि पाँच महिना अघि दुर्व्यवहारबारे आरोप लागेको थियो। त्यसपछि पाँच महिने अनुसन्धानमा १७९ जनासँग उनको व्यवहारबारे सोधिएको थियो। जसमध्ये ११ जनामाथि यौन दुर्व्यवहार गरेको प्रतिवेदन सार्वजनिक भएको हो।
उक्त रिपोर्टमा कुमोले गलत नियतले महिलाहरूलाई चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ। कुमो सन् २०११ मा न्युयोर्कका गभर्नरमा नियुक्त भएका थिए।