PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

यस्तो अवस्थामा कांग्रेस महाधिवेशनमा जान नसकिने शेखरको भनाई



यस्तो अवस्थामा कांग्रेस महाधिवेशनमा जान नसकिने शेखरको भनाई

काठमाडौं : नेपाली कांग्रेसका सभापतिका आकंक्षीसमेत रहेका नेता डा शेखर कोइरालाले अहिलेको अवस्थामा महाधिवेशनमा जान नसकिने बताएका छन्। विधि विपरित धेरै जना क्रियाशिल सदस्य भएको आरोप लगाउँदै नेता कोइरालाले यस्ता सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन्।

कांग्रेसले भदौ १६ बाट हुने भनी तोकेको १४ औं महाधिवेशन क्रियाशील सदस्यता विवादकै कारण अन्योलमा परेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भदौमै महाधिवेशन हुने दाबी गर्दै आए पनि कार्यतालिका प्रभावित भएसँगै सम्भावना टर्दै गएको छ। यस्तो अवस्थामा प्रक्रिया नपुर्‍याइ वितरण गरेका सदस्यतासमेत रोकिनुपर्ने नेता कोइरालाको माग रहेको छ।

'तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्‍याई  वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न,' सामाजिक सञ्जालमा कोइरालाले भनेका छन्।

कांग्रेसले महाधिवेशनबारे छलफलका लागि भोलि केन्द्रीय समिति डाकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell