PahiloPost

May 14, 2024 | १ जेठ २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुनु अघि पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन्।

पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि आज विशेष अधिवेशन आह्वान भएको थियो। अधिवेशनमा विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्।

८० सदस्य रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको छ। प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ। विपक्षी गठबन्धनमा भने सभामुखबाहेक ४१ जना सांसदको सर्मथन छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell