PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

संसदमा प्रकाश पन्थीको आग्रह : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिइयोस्



संसदमा प्रकाश पन्थीको आग्रह : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिइयोस्

काठमाडौं : राष्ट्रियसभाका सांसद प्रकाश पन्थले संसदमा अपांगता भएका व्यक्तिहरुलाई अपमान हुनेगरी शब्दहरु प्रयोग हुने गरेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन्।

बुधवार राष्ट्रियसभा बैठकमा सत्तारुढ नेपाली काँग्रेसका सांसद पन्थले संसदको दुवै सदनमा अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कतिपय शब्दहरु प्रयोग हुने गरिएको बताएका हुन्। ती शब्दको प्रयोग गर्दा ध्यान दिनुपर्ने र आवश्यक परे संसदमा रेकर्ड भएका शब्द हटाउन समेत सभामुख र अध्यक्षले रुलिङ गर्नुपर्ने उहाँले माग गरे।

‘सबैको ध्यानाकर्षण गराउन चाहान्छु, सरकार, कुनै व्यक्ति वा संस्था जो सुकैपनि त्यसको असफलता हुन्छ। त्यो असफलता र त्यसको कमीकमजोरीहरुलाई, नराम्रो कुराहरुलाई दाँजेर तुलना गरेर अपांगता शब्दको दुरुपयोग गरेर विगतदेखि अहिलेसम्म पनि यसको दुरुपयोग भइरहेको छ। संसदजस्तो गरिमामय र सभ्य उच्च सम्मानित स्थानमा समेत यसको व्यापक दुरुपयोग भएकै छ। अब यस्ता असभ्य शब्दावलीहरु आगामी दिनमा जो कसैले गर्नुभएन। त्यसतर्फ हामी सबै सचेत हुन आवश्यक छ। संसदबाट त्यस्ता शब्दहरु प्रयोग भएमा हटाउनुपर्ने स्थिति पनि आउन सक्छ । प्रतिनधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूले यसतर्फ पनि आवश्यक रुलिङहरु पनि गर्नुपर्ने स्थितिहरु आउन सक्छ’ उनले भने।

सांसद पन्थले सांसदले बोलेका शब्दहरुले विभिन्न जातजाति, भाषाभाषि, क्षेत्र, लिङ्गका व्यक्तिहरुको भावनामा समेत ठेस पुगिरहेको हुनसक्ने भएकाले त्यसतर्फ सचेत गराए। अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी र अपांगता सम्बन्धी अधिकार ऐनमा समेत अधिकारहरुको स्पष्ट उल्लेख गरिएकाले अध्ययन गर्न पनि उनले सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell