PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन



विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन
फाइल फोटो।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विधार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन दिएको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई खोप दिन निर्देशन दिइएको हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयको सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो। परीक्षार्थीहरुलाई अस्ट्राजेनिका वा भेरोसेलको पहिलो मात्रा दिने व्यवस्था मिलाउन भनिएको छ।

‘त्रिविवि लगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विधार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द र मिति निर्धारण गरी कोभिड-१९ रोगविरुद्धको खोप अस्ट्राजेनिका वा भेरोसेलको पहिलो मात्रा दिने व्यवस्था मिलाई खोप प्रदान गर्नुहुन अनुरोध छ,’ महाशाखाले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell