PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कोरोनाका बीच ९ करोडको लगानीमा फिल्म हल खोल्दै दीपक-दीपा, ‘बैशाख १ गते हल सञ्चालन गर्ने सोच छ’



कोरोनाका बीच ९ करोडको लगानीमा फिल्म हल खोल्दै दीपक-दीपा, ‘बैशाख १ गते हल सञ्चालन गर्ने सोच छ’
फाइल फोटो।

काठमाडौं : कलाकार दीपकराज गिरि र दीपा श्री निरौलाको टिमले फिल्म हल सञ्चालनमा ल्याउने भएको छ। नयाँ बानेश्वरस्थित शंखमुलमा अहिले सिनेमा हलको निर्माण कार्य भइरहेको छ।

९ करोडको लगानीमा फिल्म ‘छक्का पञ्जा’ टिम लगायतले मल्टिप्लेक्स सिनेमा हल निर्माण गर्न लागिरहेको कलाकार दीपकराज गिरिले जानकारी दिए। दुई वटा स्क्रिन रहने सिनेमा हलमा चार सय सिट रहने छन्।

देशैभर कोरोनाका कारण अहिले धेरै फिल्म हलहरु बन्द भइसकेका छन्। हल बन्द भइरहेको खबर आइरहेको समयमा हल खुल्न लागेको खबर सार्वजनिक हुँदा फिल्म क्षेत्रमा सकारात्मक सन्देश जाने दीपकको तर्क छ।

‘पाँच/छ महिनादेखि नै हलको निर्माण कार्य शुरु भएको हो। आगामी बैशाख १ गते हल सञ्चालन गर्ने सोच छ। तर, यो कोरोना महामारीले के अवस्था हुन्छ। हामीले यही क्षेत्रबाट पैसा कमाएको भएर यही क्षेत्रमा लगानी गर्न लागेका हौँ,’ दीपकले पहिलोपोष्टसँगको कुराकानीमा बताए।

फिल्मक्षेत्र कमजोर भएको अवस्थामा हिम्मत गरेर कोरोना महामारीलाई चुनौती नभएर अवसरको रुपमा लिएको समेत उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell