PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

'मिस नेपाल अमेरिका २०२१' लागि खुल्यो आवेदन



'मिस नेपाल अमेरिका २०२१' लागि खुल्यो आवेदन

'मिस नेपाल अमेरिका २०२१' को लागि आवेदन खुल्ला गरिएको छ। मिस नेपाल अमेरिकाको १० ‌औँ संस्करणमा सहभागिता जनाउन १ सेप्टेम्बर २०२१ सम्म आवेदन दिन सकिनेछ।

साथै 'मिस नेपाल अमेरिका२०२१' को मुख्य प्रशिक्षकको रुपमा पूर्व मिस नेपाल मल्भिका सुब्बा चयन भएकी छिन्। प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा हुनेछ।

नेपाली र अमेरिकी सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन उद्यमी अमितप्रताप शाहले यो प्रतियोगिता संचालन गर्दै आइरहेका छन्। यो प्रतिस्पर्धाले अहिलेसम्म नेपाली र अमेरिकी महिलाले शिक्षा र सशक्तीकरणका लागि ८० हजार डलर बराबरको सहयोग गरिसकेको छ।

छात्रवृत्ति पाउन चाहने र सिप सिक्दै करियरलाई अगाडि बढाउने महिलाहरूको लागि यो प्रतियोगिता एक सुनौलो अवसरको रुपमा रहेको आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell