काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयबाट जारी भएको 'मलाई शेरबहादुर देउवा मनपर्छ' भन्ने भिडियो नआउने बताएका छन्।
देउवा सचिवालयबाट उक्त भिडियो सार्वजनिक भएपछि देउवाको आलोचना भएको थियो। पार्टी भित्रैबाट भिडियोको विरोध भएको थियो।
बुढानिलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पनि भिडियोबारे प्रश्न उठेको थियो। बैठकमा आफूले भिडियोबारे प्रश्न राख्दै देउवालाई सुझाव दिएको केन्द्रीय सदस्य गुरुङले बताएका छन्।
'आइ लभ यु बा' भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बाल्कोटको बार्दलीमा पुर्याए। सभापति ज्यु! तपाईं प्रम बनेपछि कांग्रेसमा पनि 'मलाई शेरबहादुर मनपर्छ"भन्ने प्रवृत्ति सुरु भएछ। भिडिओ देख्दा झसङ्ग भएँ। यस्तो प्रबृत्तिबाट सजग हुनुहोस् - गुरुङले आफ्नो ट्वीटमा लेखेका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकमा:
— Dhan Raj Gurung (@dhanrgrg) August 13, 2021
"I love you बा" भन्नेहरुले केपी अोलीलाई सिंहदरबारबाट बाल्कोटको बार्दलीमा पुर्याए।
सभापति ज्यु! तपाईं प्र.म.बनेपछि कांग्रेसमा पनि "मलाई शेरबहादुर मनपर्छ" भन्ने प्रबृत्ति सुरु भएछ। भिडिअो देख्दा झसङ्ग भएँ।
यस्तो प्रबृत्तिबाट सजग हुनुहोस्।
आफ्नो प्रश्नपछि देउवाले भिडियो बन्द गर्न निर्देशन दिइसकेको दाबी गरेको गुरुङले उल्लेख गरेका छन्। 'त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइ सकें, अब आउँदैन, तपाईं ढुक्क हुनुस् भन्ने जवाफ पाएँ,' केन्द्रीय सदस्य गुरुङले भनेका छन्।
कांग्रेस केन्द्रीय समिति बैठकमा:
— Dhan Raj Gurung (@dhanrgrg) August 13, 2021
"मलाई शेरबहादुर मनपर्छ" भन्ने भिडिअो सन्दर्भ मैले उठाएपछि सभापति ज्युले "त्यो भिडिअो बन्द गर्न मैले निर्देशन दिइ सकें, अब आउँदैन, तपाईं ढुक्क हुनुस्।" भन्ने जवाफ पाएँ।
उहाँले बोलेको कुरा कार्यान्वयन हुने विस्वास लिएको छु।