PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

विद्यार्थी संगठनको माग : पारामेडिकल विषयको प्रवेश परीक्षा पुन: संचालन होस्



विद्यार्थी संगठनको माग : पारामेडिकल विषयको प्रवेश परीक्षा पुन: संचालन होस्

काठमाडौं : पाँच विद्यार्थी संगठनले पारामेडिकल विषयको प्रवेश परीक्षा पुन: संचालन गर्न माग गरेका छन्। चिकित्का शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउँदै सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनले प्रवेश परीक्षा पुन: गर्न माग गरेका हुन्।

नेविसंघ, अनेरास्ववीयु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले पारा मेडिकल विषयमा सिट संख्या भन्दा थोरै विद्यार्थी उत्तिण भएकाले फेरि प्रवेश परिक्षाको माग गरेका हुन्।

जनशक्ति उत्पादनमा गम्भीर असर पर्ने भएकाले अर्को प्रवेश परिक्षा लिनुपर्ने विद्यार्थी संगठनको माग छ।

'स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा गम्भीर असर पर्ने भएको हुनाले तत्काल अर्को प्रवेश परीक्षा लिई देशभरका क्याम्पसहरुमा आवश्यक सिट संख्यामा भर्ना गर्ने वातावरण बनाउन माग गर्दछौं,' ज्ञापन पत्रमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell