PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

क्यानडाका प्रधानमन्त्रीको घोषणा : तालिवानबाट खतरा रहेका २० हजार अफगानी नागरिकलाई शरण दिन्छौं



क्यानडाका प्रधानमन्त्रीको घोषणा : तालिवानबाट खतरा रहेका २० हजार अफगानी नागरिकलाई शरण दिन्छौं
Photo : Getty Images

क्यानडाले तालिवानका कारण अफगानिस्तानबाट पलायन भएकालाई सहयोग गर्ने घोषणा गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट गर्दै अफगानिस्तानी नागरिकको जीवन खतरामा रहेको भन्‍दै उनीहरुको पुनर्स्थापनाका लागि 'रिसेटलमेन्ट प्रोग्राम' को घोषणा गरेका हुन्। यस योजना अन्तर्गत ट्रुडोले २० हजार अफगानी नागरिकलाई शरण दिने घोषणा समेत गरेका छन्।

यो योजना अन्तर्गत तालिवानसँग खतरा भएका महिला नेतृ, मानवअधिकारवादी  कार्यकर्ता, पत्रकार, अल्पसंख्यक समुदायका मानिस, एलजीबीटीक्यूआईले क्यानडामा शरणका लागि प्राथमिकता पाउनेछन्। यस्तै, त्यहाँ पहिलादेखि नै बस्दै आएका 'इन्टर्प्रेटर' समेतलाई प्राथमिकताको सूचीमा राखिएको छ।

क्यानडा सरकारले यसअघि लागू स्पेशल इमिग्रेशन प्रोगाम पनि जारी रहनेछ। यस अन्तर्गत अफगानिस्तानमा क्यानडाका लागि काम गर्नेहरु लाभान्वित हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell