PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पर्सा प्रहरीको ‘टार्गेट’मा मोटरसाइकल चोरी गर्नेहरु, तीन दिनमा ५ मोटरसाइकलसहित ३ जना पक्राउ



पर्सा प्रहरीको ‘टार्गेट’मा मोटरसाइकल चोरी गर्नेहरु, तीन दिनमा ५ मोटरसाइकलसहित ३ जना पक्राउ

वीरगंज : पर्सामा पछिल्लो समय प्रहरीले मोटरसाइकल चोरी गर्नेहरुको खोजी कार्य बढाएको छ। प्रहरीको लापरवाहीको कारण पर्साको सदरमुकाम वीरगंजमा व्यापक मोटरसाइकल चोरीको घटना बढ्न थालेको भन्ने आलोचनापछि पर्सा प्रहरीले मोटरसाइकल चोरी घटाउन लगाम कसेको हो।

एक प्रहरी अधिकृतका अनुसार पर्सा प्रहरीको टार्गेटमा अहिले सबैभन्दा बढी मोटरसाइकल चोरी गर्नेहरु रहेको र उनीहरुलाई जसरी पनि कानुनको दायरामा ल्याउन निर्देशन प्रहरी प्रमुखबाट पाएकोले वीरगंजको शहरी र ग्रामिण भेगमा समेत प्रहरी चनाखो भएको छ। पर्सा प्रहरीले पछिल्लो तीन दिनमै ५ वटा चोरीको मोटरसाइकल बरामद गरेको छ भने ३ जनालाई पक्राउ गरी मुद्दा समेत चलाएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

पक्राउ पर्नेमा वीरगंज-३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन्। उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहा मोटरसाइकल बरामद भएको छ। दुवै जनाले आफ्नै घर अगाडिको खाली जग्गामा मोटरसाइकल लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको उनले बताए।

त्यसैगरी, प्रहरीले पोखरीया नगरपालिका-६ रानीगंजका २० वर्षीय रहमान आलमलाई समेत पक्राउ गरेको जनाएको छ। पर्सामा गत आवमा २३ वटा पल्सर मोटरसाइकलसहित २८९ वटा मोटरसाइकल चोरी भएकोमा केही मोटरसाइकल बरामद भएपछि पर्सा प्रहरीले मोटरसाइकल धनीलाई फिर्ता गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell