PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

हाइटीमा शक्तिशाली भूकम्प : ३०४ जनाको मृत्यु, १८ सय बढी घाइते



हाइटीमा शक्तिशाली भूकम्प : ३०४ जनाको मृत्यु, १८ सय बढी घाइते
फोटो : twitter.com/JCOMHaiti

क्यारेबियन मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि ३०४ जनाको मृत्यु भएको छ। ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी मानिसहरु घाइते भएका छन्।

स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्। भूकम्पपछि कयौं पराकम्पहरु आइरहेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ९४९ घरहरु, केही चर्चहरु, केही विद्यालयहरु र केही अस्पताल भवनहरुमा क्षति पुगेको छ। भूकम्पको इपिसेन्टर राजधानी पोर्टु प्रिन्सबाट १२५ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पपछि हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।

हाइटी सन् २०१० मा गएको शक्तिशाली भूकम्पबाट तंग्रिँदै थियो। त्यतिबेला ७ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो भने कयौं भौतिक संरचनामा क्षति पुगेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell