PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

सत्ता र सभापतिका लागि 'देउवा पथ' !



रवीन्द्र मानन्धर

सत्ता र सभापतिका लागि 'देउवा पथ' !

एकातिर सत्ता, अर्कातिर पार्टीको शीर्षासन। तौलिँदा मोह दुवैतिर। सत्ता नहुँदा सभापतिमै रहन कसरी सक्नु? त्यसमाथि अरु पार्टी मिलाउनै पर्‍यो। साझेदार दललाई मनाउन कुनै कसर कसरी छोड्नु? जसरी उमेश श्रेष्ठलाई छिराइयो, उसैगरी अरुलाई मन्त्रीमा घुसाइरहन पनि मिलेन। नत्र घुच्चुकमै हानिहाल्छन्। त्यसैले सरकार विस्तार उस्तै हो! हुँदै जान्छ। नचाहेको त कहाँ हो र?, यो परिस्थितिले नै भगाइरहेछ त के गर्नु? सत्ता नहुँदा सभापतिको पनि भर कहाँबाट हुनु?

यता गिरिजाप्रसाद कोइराला प्राण त्याग नगरुञ्जेल सभापति नै रहिरहनु भयो। सुशील दा पनि सभापतिमै रहँदै भगवानको प्यारा बन्नुभयो। अनि के त्यो परम्परा नजोगाउनु? पदबाट बाहिर पुगेर प्राण त्याग! कसरी हुन्छ? यो कांग्रेसको विरासत नै बनिसक्यो। त्यसलाई कायम राख्‍नै पर्‍यो। जतिसुकै होउन् उम्मेदवार, जित सुनिश्चित नहोउन्जेल यसरी नै हो बढ्ने। देउवाजीको पथ छैन त गजब?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell