PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आमा बन्ने दिन नजिकिएसँगै ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट बाहिरिने ऋचाको घोषणा



आमा बन्ने दिन नजिकिएसँगै ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट बाहिरिने ऋचाको घोषणा

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट ऋचा शर्मा बाहिरिने भएकी छिन्।

ऋचाले ‘कमेडी च्याम्पियन-२’ टप ५ मा पुग्दै गर्दा आफू निर्णायकबाट हट्न लागेको घोषणा गरेकी हुन्। उनले शुक्रवार प्रसारित एपिसोडमार्फत शो छोड्न लागेको कुराबारे खुलाएकी हुन्।

‘यो मेरो अन्तिम एपिसोड पनि हुन सक्छ। तर, डाक्टरले चेक गरेर के भन्नुहुन्न। यदि डाक्टरले अझै काम गर्न सक्नुहुन्छ भन्नुहुन्छ भने अर्को एपिसोडमा देखिहाल्नु हुनेछ। यदि भएन भने सिजन ३ छँदै छ,’ उनले भनेकी छिन्।

ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन्। आमा बन्ने दिन नजिकिएपछि उनले शो छाड्न लागेकी हुन्।

सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई पहिलो सिजनबाट नै शोको निर्णायकको रुपमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell