PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश



अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश
Photo: Getty Images

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। काबुलमा तालीबानी लडाकु प्रवेश गरेसँगै उनी अफगानिस्तानबाट ताजकिस्तान गएको बीबीसीले उल्लेख गरेको छ

तालिवान लडाकु यसअघि नै काबुल प्रवेश गरिसकेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ।

दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्ने लडाकुहरुलाई हिंसा रोक्न र काबुल छाड्न चाहनेलाई सुरक्षित बाहिर जाने बाटो दिन निर्देशन दिइएको बताएका छन्। यद्यपि काबुलमा घानी प्रशासनले तालिवानी लडाकुविरुद्ध जवाफी हमला गर्छ वा गर्दैन भन्ने खुलेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell