PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

हाइटी भूकम्प अपडेट : १२ सय बढीको मृत्यु, करिब ६ हजार जना घाइते



हाइटी भूकम्प अपडेट : १२ सय बढीको मृत्यु, करिब ६ हजार जना घाइते

क्यारेबियन मुलुक हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्न थालेको छ। शनिवार ३०४ जनाको मृत्यु भएकोमा पछिल्लो अपडेटमा १,२९७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ७.२ म्याग्निच्युडको भूकम्पमा परी करिब ६ हजार मानिसहरु घाइते भएका छन्।

स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्। भूकम्पपछि कयौं पराकम्पहरु आएका थिए। भूकम्पले १३ हजार बढी घरहरु ध्वस्त बनाएको र थप १३ हजार भवनहरुमा क्षति पुर्‍याएको बताइएको छ। भूकम्पको इपिसेन्टर राजधानी पोर्टु प्रिन्सबाट १२५ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पपछि हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।

हाइटी सन् २०१० मा गएको शक्तिशाली भूकम्पबाट तंग्रिँदै थियो। त्यतिबेला ७ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो भने कयौं भौतिक संरचनामा क्षति पुगेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell