PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

अफगानिस्तान छाड्न चाहनेहरुको विमानस्थलमा भागदौड, काबुल विमानस्थलको 'रनवे'मै तछाडमछाड



अफगानिस्तान छाड्न चाहनेहरुको विमानस्थलमा भागदौड, काबुल विमानस्थलको 'रनवे'मै तछाडमछाड

अफगानिस्तान तालिवानले कब्जामा लिइसकेको छ। यहाँका राष्ट्रपति असरफ घानीले देश छाडिसकेका छन्। तालिबानले छिट्टै नै सत्ता आफ्नो हातमा लिने र राष्ट्रपति भवनबाट ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’को घोषणा गर्ने बताइएको छ।

यस्तो अवस्थामा धेरैले अफगानिस्तान छाड्न खोजिरहेका छन्। आइतवार रातिबाट काबुल विमानस्थलको कारुणिक दृश्यहरु बाहिर आइरहेका छन्।

यहाँ मानिसहरु सुरक्षित स्थानतर्फ जानका लागि रनवेमा दौडिरहेका छन्। कोही विमानको लागि लाइनमा उभिएका छन् भने को भागदौडमा छन्।

विमानस्थलबाहिर गोलाबारी भएको आवाज आएसँगै मानिसहरु दौडिएको दृश्य देखिन्छ।

त्यसैगरी मानिसहरु विमानमा चढ्नका लागि तछाडमछाड गरिरहेको दृश्य पनि बाहिरिएको छ।

बस नपाउँदा सडकमा यात्री खाँदिएको झल्को दिने दृश्य काबुल विमानस्थलमा सोमवार देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell