PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

लोक तथा दोहोरी प्रतिष्ठानको पहलमा कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप



लोक तथा दोहोरी प्रतिष्ठानको पहलमा कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले कोभिड-१९ विरुद्धको खोप सञ्चालन गरेको छ। आज सोमवारदेखि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा कलाकारहरुले पहिलो चरणको खोप लगाएका छन्।

कोरोनाविरुद्धको खोप लगाउन लोक दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। गायक खुमन अधिकारी, शिव हमाल, राजु ढकाल, देवी घर्ती लगायतका कलाकारहरुले खोप लगाए।

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार रामचन्द्र कोइरालाको विशेष पहलमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा खोप उपलब्ध गराइएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए।

प्रतिष्ठानमा आबद्ध नामावली प्राप्त भएका २ सय कलाकारहरुलाई कोभिड विरूद्धको खोप प्रदान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell