PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

उच्च अदालत पाटनको हेटौँडा इजलासबाट लक्ष्यको ८८ प्रतिशत मुद्दा फर्छ्यौट



उच्च अदालत पाटनको हेटौँडा इजलासबाट लक्ष्यको ८८ प्रतिशत मुद्दा फर्छ्यौट

हेटौँडा : उच्च अदालत पाटनको हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको ८७ दशमलव ९६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। अदालतले गत वर्षमा ९ सय ३९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ वटा मुद्दा फर्छ्यौट गर्न सकेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए।

उच्च अदालत पाटन हेटौँडा इजलासले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर अदालतले गत वर्षको लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको छ। अदालतले ६ सय १९ वटा मुद्दा फर्छ्यौट गर्न गत वर्ष सकेको थिएन्। अदालतमा २ वर्ष नाघेका एउटा पनि मुद्दा छैनन्। उच्च अदालत हेटौँडा इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर २ जिल्ला मात्र हुन्।

आर्थिक वर्ष ७७/०७८ मा अघिल्लो वर्षबाट ४ सय ८ वटा मुद्दाको जिम्मेवारी सरेर आएको थियो। यस्तै, गत वर्षमा १ हजार ३७ वटा नयाँ मुद्दा दर्ता भएका थिए। गत वर्षमा १ हजार ४ सय ४५ मुद्दाको लगत भएकोमा ८ सय २६ मात्र फर्छ्यौट भएको हो। यस्तै, उच्च अदालत पाटन हेटौँडा इजलासले चालू वर्षमा १ हजार १ सय ४९ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ।

यो वर्षको लागि गत वर्षबाट ६ सय १९ वटा मुद्दाको जिम्मेवारी सरेर आएको छ। चालू वर्षमा १ हजार १ सय ९४ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको अदालतका सूचना अधिकारी कौशिकले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell