PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

तीजमा कडाइ गर्ने रणनीतिसहित रुपन्देहीमा १५ दिन लम्बियो निषेधाज्ञा



तीजमा कडाइ गर्ने रणनीतिसहित रुपन्देहीमा १५ दिन लम्बियो निषेधाज्ञा
फाइल फोटो।

बुटवल : रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि लम्बिएको छ। सोमवार दिउँसो बसेको डीसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

तीज नजिकिँदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको छ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो। संक्रमणदर घट्दै गएपछि असारबाट निषेधाज्ञा क्रमश: खुकुलो गर्दै लगिएको छ। अहिले व्यापार व्यवसाय तथा यातायात सबै सञ्चालन भइसकेका छन्।

पर्वलाई लक्षित गर्दै हुने सामुहिक कार्यक्रममा कडाइ गरिने छ भने यस अघि जारी भएको आदेशलाई निरन्तरता दिने निर्णय जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले गरेको प्रवक्ता पौडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell