PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एक क्विन्टल गाँजासहित एक युवक जनकपुरबाट पक्राउ



एक क्विन्टल गाँजासहित एक युवक जनकपुरबाट पक्राउ

जनकपुरधाम : प्रहरीले जनकपुरबाट करिब एक क्विन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन्।

उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट सोमवार साँझ १० पोका गाँजासहित पक्राउ गरिएको हो। बा ५ च १४० नम्बरको पिकअप भ्यानमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको सिभिल टोलीले उनलाई पक्राउ गरेको बताइएको छ।

पक्राउ परेका बलोनलसईमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell