PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

'माइली' फिल्मका निर्माता भीम रानाको निधन, छायाँकारका रुपमा थिए सक्रिय



'माइली' फिल्मका निर्माता भीम रानाको निधन, छायाँकारका रुपमा थिए सक्रिय

काठमाडौं : निर्माता तथा छायाँकार भीम रानाको निधन भएको छ। उनको ५८ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

निमोनियाको समस्या देखिएपछि उनलाई केही दिनअघि बलम्वुमा रहेको सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमणका कारण उनको उपचारकै क्रममा मृत्यु भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।

नेपालको सिनेमास्कोप फिल्म 'माइली' का निर्माता समेत रहेका भीम रानाले रानाले ‘माया प्रीति’ को ‘मान्छे पुग्यो जूनमा’ रवीन्द्र खड्कासँगै अभिनय समेत गरेका थिए।

उनले ध्वनि नियन्त्रक, स्टिल फोटोग्राफर हुँदै लामो समयसम्म उनले नेपाली चलचित्रमा सिनेमाटोग्राफको रुपमा काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell