PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एक जनामा कोरोना संक्रमण देखिएपछि न्यूजिल्यान्डमा देशभर लकडाउन



एक जनामा कोरोना संक्रमण देखिएपछि न्यूजिल्यान्डमा देशभर लकडाउन

एक जनामा कोभिड १९ संक्रमण देखिएपछि न्यूजिल्यान्डमा लकडाउन घोषणा गरिएको छ।

६ महिनापछि न्यूजिल्यान्डको अकल्यान्डमा एक पुरुषमा संक्रमण देखिएको हो। संक्रमण देखिएसँगै अक्ल्यान्डमा एक हप्ता लकडाउन घोषणा गरिएको हो। संक्रमण देखिएको व्यक्ति घुमेको कोरोमन्डेल शहर पनि एक हप्ताका लागि लकडाउनमा रहनेछ।

न्यूजिल्यान्ड सरकारले संक्रमण फैलिनबाट रोक्न भन्दै देशभर ३ दिन लकडाउन घोषणा गर्ने निर्णय समेत गरेको छ।

५८ वर्षीय पुरुषमा गत बिहीबारबाट संक्रमण भएको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन्। अधिकारीहरुले नयाँ केस डेल्टा भेरियन्ट हुन सक्ने अनुमान गरेका छन्।

संक्रमण फैलिन सक्ने २३ स्थान छनोट गरेर सतर्कता अपनाइएको छ।

न्यूजिल्यान्डमा हालसम्म २० प्रतिशत जनसंख्याले मात्रै कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका छन्।

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले आफूहरु यसको लागि पहिला तयार भएको भन्दै सबैलाई स्वास्थ्य मापदण्ड र लकडाउन पालना गर्न आग्रह गरेकी छिन्। उनले अत्यावश्यक सेवा सुविधाबाहेक अन्य सबै क्षेत्र लकडाउनको समय बन्द हुने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell