PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अध्यादेश फिर्ता लिनुपर्छ, ओली र माधव नेपालले त्याग गर्नुपर्छ : योगेश भट्टराई



अध्यादेश फिर्ता लिनुपर्छ, ओली र माधव नेपालले त्याग गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दल विभाजन सजिलो हुने गरी सरकारले ल्याएको अध्यादेशले अस्थिरता र अराजकता निम्तिने बताएका छन्।

एमाले विवाद बढ्दै जाँदा माधव कुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएको हो। अध्यादेश ल्याएपछि ओली र नेपाल समूह हाल छलफलमा छन्।

यसबिच भट्टराईले सामाजिक संजालमा अध्यादेश ल्याउनु यसअघि पनि गलत भएको र देउवा सरकारले पनि त्यही गल्ती दोहोर्‍याएको बताए। उनले देउवा सरकारले बिना कुनै शर्त अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन्।

यस्तै, भट्टराईले ओली र नेपालले पार्टी विवाद समाधान गर्न 'त्याग' गर्नुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell