काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र डा गोविन्द केसीबीच सहमति भएको छ। प्रधानमन्त्री देउवा र डा केसीबीच आज भएको वार्तामा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सहमति भएसँगै डा केसीले अनसन स्थगित गरेका छन्। डा केसीले सरकारलाई दिएको अल्टिमेटम सकिन २ दिन बाँकी छँदा प्रधानमन्त्री देउवाले उनीसँग आज वार्ता गरेका थिए।
वार्तामा डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा जीवन क्षेत्री नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र डा अन्जनीकुमार झालगायत सहभागी थिए। साउन २२ गते विभिन्न ५ बुँदे माग राख्दै डा केसीले सरकारलाई अल्टिमेटम दिएका थिए।