PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अफगानिस्तानबाट मध्यरातमा आइपुगे ८७ जना नेपाली



अफगानिस्तानबाट मध्यरातमा आइपुगे ८७ जना नेपाली

काठमाडौं : काबुलमा अलपत्र परेका थप ८७ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। उनीहरुलाई लिएर जजिरा एयरवेजको चार्टर विमान मंगलबार राति ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

मंगलबार बिहान अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय १८ जना काठमाडौं आइसकेका छन्।

उद्धार उडानमार्फत ल्याइएका यात्रुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राखेको छ।

अमेरिकी सेनाको जहाजले कतारको दोहामा छाडेको उनीहरुलाई कतार एयरलाइन्सले काबुलबाट चार्टर उडानमार्फत कुबेत ल्याएको थियो।

उनीहरु काबुलस्थित अमेरिकी मिसनमा कार्यरत भएको काठमाडौंस्थित नेपालका लागि अमेरिकी राजदूतावासले जनाएको छ।

अफगानिस्तानमा आधिकारीक रुपमा गएका नेपालीको संखया २२ सय जना रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell